Thursday, October 8, 2015

दाई बन्ने कि दाजु ?


    तपाईं हामी धेरैलाई थाहा न हुन सक्छ दाई र दाजु प्रयोगको हिसाबले फरक फरक परिस्थिती अनी प्रायोजनका लागि प्रयोग गरिन्छ । मेरो एकल अनुसन्धानले के देखाउछ भने दाजु शब्द बिशेष गरी राम्रो कामका लागि प्रयोग गरिन्छ। लौ हेरौ तलको उदाहरण  :

१. नरेन दाईले सिकाको यार मलाई चुरोट खान ।
२. नरेन दाजुले  सिकाको यार मलाई चुरोट खान ।


माथिका २ मध्ये कुन सुन्नुहुन्छ तपाईं चोक चोकमा, गल्ली गल्लीमा  ? जहाँ सम्म मलाई लाग्छ "नरेन दाई " को चर्चा बढी हुन्छ ।

यस्को पछाडि मैले दिन सक्ने एउटा मात्र करण छ। त्यो हो "सामित्यता" । दाजु शब्द आँफैले एउटा कोटीको सम्मान जनाउछ, कि कसो ?

यस्लाई सरलिकरण गर्न एउटा उदाहरण प्रस्तुत गर्दछु ।
तपाईं सँग बिशेष गरी दुई प्रकारका साथी हुन्छन । एक प्रकारकाले तपाईंलाई "त" भनी सम्बोधन गर्छन् भने अर्को प्रकारकाले तपाईंलाई "तिमी" बाट सम्बोधन गर्छन् । ल अब भन्नुस यि दुई मध्ये कुन साथी तपाईं सँग नजिक हुन्छन ?
शायद अब बुझी पनि सक्नु भो होला । अब पनि बुझ्नु भएन भने नडरौनुस् तपाईं अर्को लुजेन्द्र ओझा बन्ने बाटोमा हुनु हुन्छ। ल आमै भात खान डाक्दै छिन ।।

गए है, अविवादन !!

No comments:

Post a Comment