Sunday, October 11, 2015

प्रधानमन्त्रीको उमेद्वारी पेस गर्दछु ।

सम्माननिय सभामुख महोद्य,

छिमेकी भनाउदाको अघोसित नाकाबन्दी, राजनैतीक चल्खेलको बिचमा आज हामीलाई यस्तो ब्यक्तित्वको खाचो छ जस्ले आफुलाई भन्दा पनि धेरै राष्ट्रलाई माया गरोस, राष्ट्रिय एकताको धरोहरको रुपमा उभियोस। धेरै कुरा के घुमाउनु हजुर , म प्रधान मन्त्रीको लागि उमेदवारी घोषणा गर्न चाहन्छु।

मधेसमा करिब करिब ४ दर्जन नेपाली मर्दा काठमाडौं के गरिरहेको छ भन्ने मुल प्रश्न हो । मधेसको एउटा मधेसी मर्दै गर्दा ,गोली चलाऊने पनि एक नेपाली गोली लागेर मर्ने पनि नेपाली । अनी एउटा नेपालीले अर्को नेपालीलाई मार्दै गर्दा छिमेकी भनौदा फिरङीहरुले राष्ट्रिय स्वाभिमान खलबलाउने मौका पाएका छन।
मधेसले अधिकार अधिकार भनेर नारा लगाइ रहदा, के कुरा बिर्सनु  हुँदैन भने घरको कुकुर सँगको बद्ला लिन जङली चितुवा बोलाँउदा त्यस चितुवाले अन्त्यमा आँफैलाई पनि बाँकी राख्दैन ।
मेरा सम्पूर्ण मधेसी साथी भाई , आमा बुवा सबैलाई यो सन्देश पुर्याईदिईओस कि यो समय भनेको मिलेर लड्ने समय हो । म मधेस मै जन्मेर हुर्केको मान्छे। मैले देखेको छु मधेस मा के छ र के चाहिन्छ । यसो भन्दै गर्दा यस्ले त पहाड अनी हिमाललाई प्रतिनिधित्वो गर्दैन होला भन्ने मनहरुको कमी न होला।

तर के कुरा बुझ्न जरुरी छ भने देशलाई कुनै पनि संकट परेको बेला बालुवाटार सुत्यो होला बिराटनगर सुतेको छैन। राती सुत्ने बेलामा देशको पिर लाग्छ। म यही देशमा केही गर्नु पर्छ भन्ने युवा। पटक पटकको डि.भि भर्ने आदेश आउँदा इन्कार गर्ने युवा को लेख पढ्दै हुनुहुन्छ तपाईं।

यो देशलाई लाल बाबुहरु चहिएको छ न कि भारती चाकरी गर्ने मिनेद्र र बिमलेन्द्र निधी जस्ता। शिक्षा अनी स्वास्थ्य क्षेत्रमा परिवर्तनकारी सोच भएका त्यागी डा. केसी जस्ता ब्यक्तीको आवश्यकता हो। नेपाल गरीब देश पक्कै होइन। यो देशमा ब्याप्त भ्रस्टाचार रोक्न शुन्य सहनसिलता नितीको अवलम्बन गर्न जरुरी छ।

आज हामी हेरौ यूरोपलाई । १७औ शताब्दी तिरको औधोगिक क्रान्तिले यूरोपलाई कहाँ पुर्यायो। यस्को कालान्तरमा निकै धेरै फाईदा भए पनि तत्काल दुइटा फाईदा देख्न सकिन्छ। युवाहरु आफ्नै देशमा बसेर पैसा कमौने छन। अर्को भनेको देश अत्मनिर्भर हुने बाटो तिर लाग्ने छ।

बाँकी कुरा प्रधानमन्त्री भएसी भनौला अहिले चाँही के.पि र सुशिल जि ले सेमत आफ्नो उमेद्वारी फिर्ता लिई मलाई नै मत दिई अत्याधिक बहुमतले बिजय गराइ देशलाई नै पहिलो युवा प्रधानमन्त्री पाउने स्वभाग्य दिनुहुन सम्पूर्ण मनानीयहरुलाई निवेदन सेमत गर्दछु ।

धन्यवाद! जय नेपाल !!
जय noitanec

No comments:

Post a Comment