Wednesday, October 28, 2015

कसले कसलाई बनायो ?


(पख्नुस्: यदी आफुलाई सबै भन्दा बिध्वान ठान्नु हुन्छ भने नपढ्नुस् । चित्त दुख्न सक्छ। )

भगवानले मान्छे बनाका हुन।

      यदी तपाईं भारती भगवानहरुको कुरा सुन्नु हुन्छ भने उनीहरु एउटा मोटो पुस्तक पल्टाउने छन अनी भन्ने छन कि यो सृस्‍टि को रचना "ब्रह्मा" नामका एक भारती भगवानले बनाएका हुन। सृस्‍टि अर्थात हामी आफ्नो वोरिपरी जे जे देख्छौ। त्यसमा मानिस पनि स्वत: परी नै हाल्यो ।


अब पालो इजरायलका पर्मेश्वरका पुत्र को। उनीहरुको पवित्र बाइबलले के भन्छ भने यो संसारको सृस्‍टिकर्ता उहा हुनुन्छ।  हामी सबैका मुक्ती दाता परम पर्मेश्वर इसु क्रिस्ट।

अब पालो औछ म जस्तो स्वतन्त्र सोचकर्ताको। मैले कस्को कुरा पत्याउने ? यहाँ को सही को गलत भन्न थाल्यो भन्ने कहिल्यै नसकिने बहसको श्रीजना हुन्छ; मेस्सी खत्रा कि रोनाल्डो जस्तै !

हैट, के को हुन्छ ! मान्छे ले चै भगवान बनाका हुन

       धेरै पहिला न कुनै नियम न कुनै कानुननै थियो। गलत तथा फटाइ काम गर्नेलाई कुनै बन्धन हुँदैन थियो । अब मानिसले मानिसलाई तह लाउन गार्हो भयो। यसै बिच, केही बट्ठाहरुले भगवान नाउको पात्रको श्रीजना गराए। नराम्रो काम लाई पाप भनियो। त्यस्ता काम गर्ने लाई पापी नाम दियिओ। स्वर्ग अनी नर्कको डर देखाईओ।

यसरी भगवान को अस्तित्व न रहे पनि "धर्म" को श्रीजना राम्रो कामको लागि भएको थियो भनेर भन्नु हुन्छ स्वमी श्री आशिषानन्द।

ल छुटौ है, अविवादन !

No comments:

Post a Comment